Pura Samachar

महाधिवेशन हुँदैन भनेर निरर्थक बहस नगर्न निर्देशन

प्रकाशित: June 14, 2021

महाधिवेशन हुँदैन भनेर निरर्थक बहस नगर्न निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशन बारे निरर्थक बहस नगर्न निर्देशन दिएका छन्।

महाधिवेशनको सन्दर्भमा कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार भएको भर्चुअल संवादमा उनले भदौमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै निरर्थक बहस नगर्न भनेका हुन्।

‘ अब १४ औं महाधिवेशन हुँदैन भनेर छलफल नै नगरौं। महाधिवेशन हुँदैन भनेर निरर्थक बहसमा नलागौं। जिल्लामा काम गर्न थालौं। वडामा तयारी थाल्नुस्’ उनले भने।

निधिले केही जिल्लाबाहेक सबै ठाउँको क्रियाशील सदस्यताको टुंगो लागिसकेको भन्दै असार ३ मा सबैको अनुमोदन हुने बताए। साथै, क्रियाशिल सदस्यता छानबिनमा शंका नगर्न समेत भने आग्रह गरे।

उनले अब कांग्रेसले महाधिवेशनसँगै निर्वाचनको तयारी पनि गर्नुपर्ने बताए।

‘रुख छापले बहुमत नपाउँदा यस्तो भयो भनेर जनतामा जाउँ। मतदातालाई रुखसँग जोड्नुपर्‍यो। सरकार संविधान च्यात्न लागेको छ। यो शक्तिलाई परास्त गर्नुपर्छ’ उनले भने।

प्रतिक्रिया