Pura Samachar

प्रदेशका सात ओली पक्षीय सांसद निलम्बन

प्रकाशित: June 15, 2021

प्रदेशका सात ओली पक्षीय सांसद निलम्बन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सात प्रदेश सांसदलाई निलम्बन गरेको छ ।

सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो । प्रदेश सांसदहरु पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।

उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको सचेतक कामीको भनाइ छ ।

निलम्बनमा परेकाहरुले गत जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयको विपक्षमा मतदान गरेका थिए ।
त्यसपछि उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो ।

46Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
email sharing button

प्रतिक्रिया