Pura Samachar

मंगलवारदेखि बेपत्ता सात जना भोक र चिसोले थलिएको अवस्थामा फेला

प्रकाशित: June 18, 2021

मंगलवारदेखि बेपत्ता सात जना भोक र चिसोले थलिएको अवस्थामा फेला

सुर्खेत : हावाहुरी, पानीका कारण जाजरकोटमा बेपत्ता सात जना फेला परेका छन्। मंलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रवार फेला परेका हुन्।

उनीहरु भोक र चिसोका कारण बिरामी परेको अवस्थामा भेटिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए।

भैंसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा पुगेका उनीहरु हावाहुरी र पानीका कारण बेपत्ता भएकाव थिए। सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।

हावा हुरी र वर्षाका कारण जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। बुधबार बिहानमात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो। घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ।

प्रतिक्रिया