Pura Samachar

एमाले विवाद मिल्नेमाढुक्क छु- भीम आचार्य

प्रकाशित: June 18, 2021

एमाले विवाद मिल्नेमाढुक्क छु- भीम आचार्य

नेकपा एमालेका सचिव भीम आचार्यले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन कुनै शर्त लागू नहुने स्पष्ट पारेका छन्।

सेतोपाटीसँग शुक्रबार भिडिओ कुराकानी गर्दै सचिव आचार्यले पार्टी महाधिवशेनले चुनेको केन्द्रीय कमिटी मान्न कसैका शर्त स्वीकार्न जरूरी नभएको जिकिर गरे।

‘हामीले यहीँ भनिरेका छौं उहाँले मान्नुभएको छैन। उहाँले आफ्नो गुटको मिटिङलाई एमालेको भन्नुभयो त्यसलाई सर्वोच्च अदालतले अवैध भन्यो। यसको दोष पार्टी अध्यक्ष र महासचिवको हो,’ उनले भने, ‘अब खुरूक्क केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाउनुपर्छ। कुनै शर्त त्यसमा मान्य हुँदैन। निः शर्त एमालेका कमिटीहरू सक्रिय हुनुपर्छ।’

उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पार्टी एकता नचाहेको भनेर गलत हल्ला फैलाइएको समेत बताए।

उपचारका लागि भारत जाने क्रममा पार्टीका वरिष्ठ नेता खनालले विभाजनले सकिने भनेर दिएको वक्तव्य प्रधानमन्त्री ओलीतर्फ लक्षित रहेको आचार्यले दाबी गरे। ‘फुटको वातावरण प्रधानमन्त्रीले बनाएको हो। पार्टी विभाजनको आधार उतैबाट तयार भएकाले उतैतिर लक्षित हो’, उनले भने, ‘जो फुटिहाल्नुपर्छ भनिरहेका छन् उनीहरुलाई पनि हो। फुट विघटनको बाटो हो र एकता विजयको बाटो हो भन्नुभएको हो।’

 

अहिलेसम्म फुटका कारण मार मात्रै खाएको भन्दै उनले एकताबाटै सबै जित निकालेकाले खनालले अलर्ट गराएको बताए।

खनालको वक्तव्य, एमालेभित्रको एकता प्रक्रियालगायतका विषयमा हामीले एमाले सचिव भीम आचार्यसँग भिडिओ कुराकानी गरेका छौं।

प्रतिक्रिया