Pura Samachar

डेरी उद्योगहरुलाई सवारी साधानमा प्रयाेग हुने प्रतिक चिन्ह प्रदान

प्रकाशित: June 19, 2021

डेरी उद्योगहरुलाई सवारी साधानमा प्रयाेग हुने प्रतिक चिन्ह प्रदान

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ ।  अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकालिन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो चरणमा दुग्ध विकास संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने क्रमशः प्रक्रियासहित निवेदन आएपछि थप निजी क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको बोर्डका कार्यकारी निर्देशक यादवले बताउनुभयो ।

यसै क्रममा आज काभ्रेको निजी डेरी उद्योग हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेलाई लोगो दिइएको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७७ बमोजिम गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गर्नुभएको थियो ।

विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको दुग्ध विकास संस्थानले बताएकाे छ

प्रतिक्रिया