Pura Samachar

अझै २३ जना बेपत्ता

प्रकाशित: June 20, 2021

अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा  आएको  आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।


गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको  भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका  गाउँपालिकाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये   मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण  पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ ।

गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम  रहेको जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया