
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतो नेपाली नागरिक नभएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ ।
पर्चामा मन्त्री महतोलाई सिंहदरबार प्रवेशमा निषेध गरिएको उल्लेख छ । महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँस गरिएको हो ।
नयाँ पार्टी, नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको र क्रमशः देशभरी नै प्रवेश निषेध गरिने पर्चामा लेखिएको छ ।
नयाँ पार्टी, नेपालको प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले आफ्नो नागरिकता बारे स्पष्ट पार्न दिइएको समयसीमाभित्र मन्त्री महतोले स्पष्ट नपारेपछि सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताउनुभयो ।
प्रतिक्रिया