
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत पुगेकाे छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जनामा काेराेना पुष्टि भएकाेछ । मन्त्रालयले दिएकाे तत्थ्यांक अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पीसीआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ४ हजार ७०४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १७४ र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया