Pura Samachar

हेटौंडा हुँदै काठमाडौँ जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ

प्रकाशित: July 2, 2021

हेटौंडा हुँदै काठमाडौँ जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ

काठमाडौँ – मकवानपुर हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौँ जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कान्ति लोकपथको गरगरे र ललितपुरको भट्टेडाँडामा झरेको पहिरोका कारण अवरुद्ध रहेको छ भने अन्य सडक खण्डमा भिमफेदी गाउँपालिकाको बाधझ्वरामा बाढीसँगै आएको लेदोमाटोका कारण सडक अबरुद्ध भएको छ ।

प्रतिक्रिया