Pura Samachar

जसपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

प्रकाशित: July 6, 2021

जसपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षसँग आज छलफल गर्दैछ ।

आयोगले आज बिहान ११ बजे जसपाका दुवै पक्षका नेताहरुलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जाने बताइएको छ । त्यस्तै, यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तय भएको छ।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।

५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाउनुभएको थियो ।

जसपाका ५२ कार्यकारिणी सदस्य (रेशम चौधरीसहितं) मध्ये ३१ जना उपेन्द्र–बाबुराम पक्षमा छन्। महन्थ–राजेन्द्र पक्षसँग २१ जना छन्। तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार विधानले दिएको भन्दै २० जना थप गरेर पठाएका छन्।

त्यस्तै, जसपामा ३४ निवर्तमान सांसद (दुई जना निलम्बित) मध्ये महन्थ(राजेन्द्र पक्षसँग २० जना छन् भने उपेन्द्र(बाबुराम पक्षसँग १२ जना मात्रै छन्।

प्रतिक्रिया