Pura Samachar

देशभर मौसम बदली रहने र केही स्थानमा भीषण वर्षाको सम्भावना

प्रकाशित: July 7, 2021

देशभर मौसम बदली रहने र केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ । बुधबार बिहान प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएो छ । भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा रहेकाले सतर्कता अउनाउन महाशाखाले आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशका अधिकांश भू–भागहरूमा मौसम बदली रहने छ ।

राति पनि देशका अधिकांश भू–भागमा मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया