Pura Samachar

नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल

प्रकाशित: July 10, 2021

नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल

काठमाडौं । नेकपा एमालेको एकता कार्यदलले शनिबार पनि सहमति जुटाउन असफल भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा भएको छलफल पनि विनानिष्कर्षमा सकिएको छ ।

तर पार्टी भित्र देखिएको विवाद समाधानका लागि आवश्यक सबै विषयहरुमा सहमति जुटिसकेको कार्यदल सदस्य गोकर्ण विष्टले बताउनुभयो । आइतबार सहमतिलाई अन्तिम रुप दिने गरि शनिवारको वैठक सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

एमालेलाई एकतावद्ध बनाएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि सार्थक सन्देश दिने अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया