Pura Samachar

ओलीले बोलाए स्थायी कमिटी बैठक

प्रकाशित: July 11, 2021

ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज साँझ ४ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाउनुभएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम साथै पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ ।

यतिबेला एमाले भित्रको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कार्यदलको बैठक जारी रहेकै बेला ओली पक्षले स्थायी समितिको बैठक बोलाएको छ । यस बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया