Pura Samachar

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रमै नेपालका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने

प्रकाशित: July 11, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रमै नेपालका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रमै नेपालका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने बताएका छन् । खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्ने अभियानमा सरकार लागिरहेको उनले बताए ।


आज (आइतबार) वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसकिने बताएका हुन् ।

‘जनताले भ्याक्सिन नपाएर मर्नुपर्ने स्थिति अब आउँदैन,’ उनले भने, ‘विश्वबाट नै कोभिड नहटेसम्म सबैले सजगता अपनाउन आवश्यक छ ।’ जनताको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकतामा रहेको र सरकार कोरोना महामारी नियन्त्रणमा लागिरहेको ओलीको दाबी छ ।

प्रतिक्रिया