
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णयलाई स्वीकार गरेको बताउनुभएको छ । देशबासीको नाममा सम्बोधन गर्दै ओलीले अदालतको फैसला स्वीकार्य भएको बताउनुभएको हो ।
उहाँले जनताको जनादेश आफ्नो पक्षमा भएको बताउँदै अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा भएको समेत बताउनुभयो । ओलीले भन्नुभयो, ‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो
सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नलागेको बताउँदै ओलीले सवोच्चको आदेश मानेरै आफू सरकारबाट बाहिरिन लागेको बताउनुभयो ।
प्रतिक्रिया