
काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई डाइभर्सन नगर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिनुभएको हो ।
नदीको वहावलाई डाइभर्सन गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउने सरकारको निर्णयविरुद्ध वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए । उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रतिक्रिया