
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा हुनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो । आज अदालतमा पुग्नु भएका गच्छदारलाई अदालतले १० लाख धरौटी तोकेको हो । स्रोतका अनुसार गच्छदारले अदालतले तोकेको धरौटी रकम बुझाउँदै हुनुहुन्छ ।
अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उहाँले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।
प्रतिक्रिया