Pura Samachar

पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता

प्रकाशित: July 14, 2021

पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । विप्लव र दाहालबीच आज दाहालनिवास खुमलटारमा भेटवार्ता भएको हो ।

दाहाललाई भेट्न नेता धर्मेन्द्र बास्तोलासहित चन्द खुमलटार पुगेका थिए । ओली सरकारका पालामा गरेको सहमति कार्यान्वयन गर्न चन्द समूहले देउवा नेतृत्वको सरकारसँग माग गर्ने तयारी गरेको छ । भेटमा उहाँहरुबीच यसै विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया