Pura Samachar

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार

प्रकाशित: July 14, 2021

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो।

प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।

खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिकहरु रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको विभागले जनाएको छ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तिमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै टिकाटिप्पणी उठेको थियो।

प्रतिक्रिया