Pura Samachar

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको सरकारमाथि कडा रुपमा प्रस्तुत हुने आशंका

प्रकाशित: July 16, 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको सरकारमाथि कडा रुपमा प्रस्तुत हुने आशंका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको सरकारमाथि कडा रुपमा प्रस्तुत हुने आशंका गरिएको छ ।

मंगलवार शितलनिवासमा आयोजित देउवाको शपथग्रहण बहिष्कार गरेर एमाले अध्यक्ष ओलीले यो सरकारप्रति कठोर बन्ने संकेत दिनुभएको हो । सामान्यतया प्रधानमन्त्रीको शपथमा निवर्तमान प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। यसले ओली देउवाको सत्तारोहणबाट क्रुद्ध बनेको देखिन्छ। सरकारबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई एमालेको ओली पक्षले सडकमा उतारिसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी दिनमा एमालेलाई संसद् र सडकमा झेल्नुपर्ने देखिएको छ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न महँगो समेत हुनसक्ने आँकलन गरिएको छ ।

त्यस्तै, अब १६ महिनाभित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी देउवा नेतृत्व सरकारसँग छ । यसका लागि देउवाले राज्यका सबै अंगसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्नेछ। यसअघि कांग्रेसले ओली नेतृत्व सरकारले गरेका कामका विषयमा उठाएका प्रश्नलाई सच्याउनुपर्ने जिम्मेवारी पनि देउवाको काँधमा आएको छ।

प्रतिक्रिया