
काठमाडौं । चौधरी समूहको सिजी नेट काठमाडौंमा पनि विस्तार भएको छ। जेठ १८ गते औपचारिक रुपमा ललितपुरको जावलाखेल, झम्सिखेललगायतका स्थानबाट फाइबर इन्टरनेट सेवा शूरु गरेको चौधरी समूहको सिजी नेट काठमाडौंमा पनि विस्तार भएको हो।
सिजीले बिहीबारबाट कुलेश्वर, बल्खु, कलंकी, कालिमाटी, टेकु, त्रिपुरेश्वर क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ।
यसले उपभोक्तालाई अफरस्वरुप (इन्ट्रडक्टरी अफर) तत्काल १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको छ। यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराएको छ। आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताले यो सेवा जडान गर्न सक्ने चौधरी समूहले जनाएको छ।
कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप–वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नु नपर्ने यस समूहले जनाएको छ। सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ।
एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ।
प्रतिक्रिया