Pura Samachar

१८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने

प्रकाशित: July 17, 2021

१८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ।१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

‘खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको छ’ मन्त्रालयका सहप्रवक्ता डा. प्रवक्ता समिरकुमार अधिकारीले भनेका छन्, ‘हामी सबैले खोप पाउँछौं। सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध छ।’अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ। तर त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालय यस्तो अपिल गरेको हो।

मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ।

प्रतिक्रिया