Pura Samachar

भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो

प्रकाशित: July 17, 2021

भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्ने गरी कांग्रेसले दलको बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादु देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले पनि भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ । देउवा प्रधानमन्त्री बनेको एक हप्ता पुग्न लागे पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

कांग्रेसमा मन्त्री बन्नका लागि संस्थापन र पौडेल पक्षमा आकांक्षीको ताँती छ । दलको बैठकमा यसबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रतिक्रिया