
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा विहान १० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बस्दै छ ।
कार्यब्यवस्था परामर्श समितिको बैठकपछि आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद पुनस्थापनापछि आह्वान गरिएको आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।
यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो
प्रतिक्रिया