Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताए

प्रकाशित: July 20, 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताए

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि सरकार तयार रहेको बताए। भने, “हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवद्र्धन गरेको छ। निजी क्षेत्रलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौं।”

प्रतिक्रिया