Pura Samachar

आज हरिशयनी एकादशी

प्रकाशित: July 20, 2021

आज हरिशयनी एकादशी

काठमाडौं। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरू हुँदैछ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो।

प्रतिक्रिया