Pura Samachar

थपिए ३ हजार १०८ संक्रमित

प्रकाशित: July 20, 2021

थपिए ३ हजार १०८ संक्रमित

मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।

प्रतिक्रिया