Pura Samachar

महन्थ ठाकुर पक्षको ५ माग

प्रकाशित: July 20, 2021

महन्थ ठाकुर पक्षको ५ माग

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना मागहरु पुरा गर्न ध्यानाकर्षण गराएको छ। केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न माग गरेको हो। पार्टीले संविधान संशोधन, पार्टीका नेता कार्यकतामाथि लागेको आरोप फिर्ता, रेशम चौद्यरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धि समस्या समाधान लगायतका विषय उल्लेख गरेको छ।

प्रतिक्रिया