
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ । सियालकोटबाट राजनपुरतर्फ गइरहेको बस डेरा गाजी खानमा दुर्घटना भएको हो।
दुर्घटनामा ४० जना घाइते भएको बताइएको छ । ४६ सिट क्षमता रहेको बसको भित्र कम्तिमा ७५ जना र बसको छलमा १५ जना बसेको बीबीसीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने अधिकांश महिला र बालबालिका भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेहरुको उपचार भइरहेको छ । एजेन्सी
प्रतिक्रिया