Pura Samachar

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप

प्रकाशित: July 21, 2021

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप

काठमाडौं । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।

राण्णलाई सुरक्षा चुनौती बढेको वर्तमान सरकारले उहाँको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ ।उहाँको नीजि निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

‘अहिले उहाँको सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेको छौं’, ती सुरक्षा अधिकारीले भने ।संसद पुनस्थापनापछि सार्वजनिक सडकमा उहाँको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अधिपछिको भन्दा बढी देखिएको छ । समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया