Pura Samachar

आज आठ लाख डोज खोप नेपाल ल्याइदै

प्रकाशित: July 22, 2021

आज आठ लाख डोज खोप नेपाल ल्याइदै

साउन ७, २०७८   काठमाडाैं। चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ। बुधबार बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाज दिउँसो खोप लिएर आइपुग्नेछ। चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

प्रतिक्रिया