
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतालाई आममाफी दिने बताउनुभएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नेपाल पक्षलाई माफी दिएको भन्दै अब मिलेर काम गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड । हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिउँ देश र जनताको कुरा गरौँ । अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’
अध्यक्ष ओलीले सबैलाई माफी भएको र अब गलत बाटोमा कोही पनि नजान आग्रह गर्दै सबै मिलेर काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ
प्रतिक्रिया