Pura Samachar

जसपालाई भन्यो, ‘कार्यकारिणी समितिका सदस्यसहित उपस्थित होउ’

प्रकाशित: July 22, 2021

जसपालाई भन्यो, ‘कार्यकारिणी समितिका सदस्यसहित उपस्थित होउ’

काठमाडौं। निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आदेश दिएको छ। आयोग इजलासमा आज बहस सकिएलगत्तै साउन ११ गते दुवै पक्षलाई बोलाएको हो। साउन ३ गतेबाट आयोगले इजसालमा जसपा विवादबारे बहस सुरु भएको थियो। पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानून व्यवसायीको बहस सकिएलगत्तै आयोगले यस्तो आदेश गरेको हो।

प्रतिक्रिया