Pura Samachar

२२ सांसदले पठाए स्पष्टीकरणको जवाफ

प्रकाशित: July 22, 2021

२२ सांसदले पठाए स्पष्टीकरणको जवाफ

काठमाडौं। नेकपा एमालेका माधव नेपाल पक्षका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। सांसद मेटमणि चौधरीले उल्टै पार्टी अध्यक्षसँग स्पष्टिकरण माग्दै स्पष्टिकरणको जवाफ पठाइएको जानकारी दिए। जवाफमा विश्वासको मत नपाएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिई फेरि प्रधानमन्त्री बन्न खोजेकोले विपक्षमा उभिएको उल्लेख गरिएको छ। एमालेले फ्लोरक्रस गर्ने सांसदलाई सर्वोच्चको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पठाएको थियो।

प्रतिक्रिया