Pura Samachar

देउवासँग जापान र अष्ट्रेलियाका राजदूतको भेटवार्ता

प्रकाशित: July 22, 2021

देउवासँग जापान र अष्ट्रेलियाका राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपालका लागि जापान र अष्ट्रेलियाका राजदूतसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नै निवासमा दुवै देशका राजदूतसँग बेग्लाबेग्लै भेट गर्नुभएको हो ।

भेटमा जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको बताउनुभयो ।उहाँहरुबीच नेपाल–जापान सम्बन्धका विविध विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया