
काठमाडौं । सरकार सञ्चालन सहज बनाउन गठबन्धन दलहरुको संयुक्त कार्यदल गठन गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालन सहज बनाउन गठन गरिएको कार्यदलको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गर्नुहुनेछ । कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) २ र कांग्रेसबाट २ जना गरी ७ सदस्य रहेका छन् ।
कार्यदललाई मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउने कार्यदेश दिइएको छ ।
कार्यदलमा खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव रहनुभएको छ । नेकपा एमाले खनाल–नेपाल पक्षका नेताहरुलाई पनि कार्यदलमा समेटिने बताइए पनि टुङ्गो लागेको छैन।
प्रतिक्रिया