Pura Samachar

गण्डकीमा आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी

प्रकाशित: July 23, 2021

गण्डकीमा आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी

कास्की।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।आज माओवादीबाट अर्थ मन्त्रीमा रामजी बराल,वन मन्त्रीमा दीपक चर्तीमगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले शपथ लिने तयारी रहेको प्रवक्ता कुमार खड्काले बताए।कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ।गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धन सरकार बनेको छ।मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।

प्रतिक्रिया