Pura Samachar

९८ जनालाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस

प्रकाशित: July 23, 2021

९८ जनालाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस

काठमाडौं।प्रहरी प्रधानकार्यालय नक्सालले इन्सपेक्टरमा बढुवा सिफारिस गरेको छ।कार्यालयले ९८ जना प्रहरी नायब निरीक्षक(सई) हरुलाई निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस गरेको हो।२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।बढुवा समितिले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ। उक्त सिफारिसमा सात दिनसम्म कुनै किसिमको उजुरी नपरेमा गृह मन्त्रालयले सिफारिस सदर गरेपछि बढुवा हुनेछ।

प्रतिक्रिया