Pura Samachar

मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्छौ: जनार्दन शर्मा

प्रकाशित: July 24, 2021

मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक  गर्छौ: जनार्दन शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको अन्तरक्रियामा उनले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्यालाई क्रमशः सुधार गर्दै लैजाने उनले बताए। उनले भने, ‘त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थ पत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ।’

प्रतिक्रिया