Pura Samachar

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रकाशित: July 24, 2021

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुई प्रचण्ड र माधव नेपालबीच शनिबार बिहान कोटेश्वरस्थित नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता भएको हो। शनिबार नेता नेपाललाई भेट्न प्रचण्ड बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए। उनीहरुबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने साथै समसामयिक विकसीत राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ।

प्रतिक्रिया