Pura Samachar

मन्त्री माग्नेको घुँइचो, प्रचण्ड भन्छन्– केही दिनदेखि मानसिक तनावमा छु

प्रकाशित: July 24, 2021

मन्त्री माग्नेको घुँइचो, प्रचण्ड भन्छन्– केही दिनदेखि मानसिक तनावमा छु

काठमाडौं। नेकपा माओवादी केन्द्रभित्र मन्त्री पदका लागि हानाथाप शुरु भएको छ। मन्त्रीका लागि नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनहुँ दबाव दिइरहेका छन्। प्रचण्डले केही दिनदेखि आफू मन्त्री आतंकको शिकार भइरहेको बताए। नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले मन्त्री बन्न दबाव दिने नेताहरुको हुलबाट फुत्केर आएको प्रतिक्रिया दिए। “माओवादीले ७ मन्त्री पाउने भएपनि ४९ सांसदलाई नै मन्त्री चाहिएको छ”,प्रचण्डले भने।

प्रतिक्रिया