Pura Samachar

सर्वोच्चको रिटको कुनै अर्थ छैन, आयोगमा सनाखतको तयारी गर्दै छौंःउपेन्द्र यादव पक्ष

प्रकाशित: July 24, 2021

सर्वोच्चको रिटको कुनै अर्थ छैन, आयोगमा सनाखतको तयारी गर्दै छौंःउपेन्द्र यादव पक्ष

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटले अर्थ नराख्ने बताएको छ। शनिबारको बैठकले सर्वोच्चको रिट आयोगको फैसला प्रक्रिया प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको हो। कार्यकारिणी सदस्य डम्बर खतिवडाकाअनुसार बैठकले सरोकारका विषयमा अदालतलाई प्रति उत्तर दिने र आयोगमा सनाखतका लागि तयारी गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया