
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा कार्यकायरणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । विहीवार निर्वाचन आयोगको जसपा विववाद समाधानका लागि गठित इजलासले ५१ सदस्यीय कार्यकारणी सदस्यलाई सशरीर आयोगमा उपस्थित हुन भनेको छ
साउन ११ गते विहान ११ बजे सनाखतका सक्लल नागरिकता सहित बोलाउने निर्णय गरिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
उनीहरूको सनाखत गरेपछि आयोगले ११ अन्तिम फैसला सुनाउने छ । महन्थ ठाकुरले गत पुस ७ गते गरेको कार्यकारिणी समिति हेरफेर भने आयोगले मान्यता दिएन । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दावी गरेको छ ।
सर्वोच्च अदालतको फैसलापछि ठाकुर पक्षका ५ जना सांसद यादव पक्षमा लागेका छन् । आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना बढी छ । त्यो अवस्थामा आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि मौका दिनेछ ।
ठाकुर पक्षले संसदीय दलमा ४० प्रतिशत संख्या पुर्याउन सकेन भने नयाँ दल दर्ता भए पनि सांसद पद जोगाउन कानूनी अड्चन आउन सक्छ ।
प्रतिक्रिया