Pura Samachar

कांग्रेस पौडेल पक्षको बैठक बस्दै

प्रकाशित: July 25, 2021

कांग्रेस पौडेल पक्षको बैठक बस्दै

  काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ। महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा १४औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल हुने केसीले बताए। साउन १२का लागि तोकिएको वडा अधिवेशन स्थगित भएपछि अब कहिले गर्ने, मंगलबार क्रियाशील सदस्यता छानवीन समितिले बुझाउन लागेको प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया