Pura Samachar

साउन २० सम्म थपियो निषेधाज्ञा, शैक्षिक संस्था बन्दै रहने

प्रकाशित: July 25, 2021

साउन २० सम्म थपियो निषेधाज्ञा, शैक्षिक संस्था बन्दै रहने

साउन १०, २०७८काठमाडौं। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने गरेको छ। जसअनुसार शैक्षिक संस्था, सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, रङ्गशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ। यस्तै खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ।

प्रतिक्रिया