Pura Samachar

निर्मला पन्तको हत्या तथा बलात्कार घटना पत्ता लगाएर कारबाही गर्न निर्देशन:प्रधानमन्त्री शेरबहादुर देउवा

प्रकाशित: July 26, 2021

निर्मला पन्तको हत्या तथा बलात्कार घटना पत्ता लगाएर कारबाही गर्न निर्देशन:प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्या तथा बलात्कार घटनामा अहिलेसम्म भएको अनुसन्धानबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी लिएका छन्। आइतबार प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटारमा बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिँदै चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन्। कञ्चनपुरकी १३ वर्षीय पन्तको तीन वर्षअघि बलात्कारपछि हत्या भएको थियो।

प्रतिक्रिया