Pura Samachar

प्राधिकरणले उठाउन बाँकी महसुल उठाउन निर्देशन:पम्फा भुसाल

प्रकाशित: July 26, 2021

प्राधिकरणले उठाउन बाँकी महसुल उठाउन निर्देशन:पम्फा भुसाल

११ श्रावण २०७८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीका रेखामुनि रहेका जनतालाई विद्युत् महसुलमा छुट दिने योजना ल्याउन निर्देशन दिनु भएको छ । विद्युत् प्राधिकरणका पदाधिकारीलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

प्राधिकरणले उहाँको स्वागतका लागि आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री भुसालले निम्न वर्गीय जनताका लागि ऊर्जामार्फत सहुलियत जरुरी रहेको बताउनुभयो ।

प्राधिकरणले उठाउनुपर्ने अर्बौं रुपियाँ महसुल उठाउन नसकेकोमा व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उहाँले सबै महसुल उठाउन पनि निर्देशन दिनु भएको छ ।

प्राधिकरणको सञ्चालन खर्च र विद्युत्को प्रणालीगत चुहावट बढ्नु दुःखद रहेको भन्दै मन्त्री भुसालले चुुहावट नियन्त्रणका उपाय कार्यान्वयन गर्न पनि व्यवस्थापनलाई निर्देशन दिनु भएको छ ।

प्राधिकरणले महसुलबापत करिब १५ अर्ब ४३ करोड रुपियाँ उठाउन बाँकी छ ।

प्रतिक्रिया