Pura Samachar

सानिमा लाइफको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

प्रकाशित: July 27, 2021

सानिमा लाइफको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

साउन १२, २०७८ काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाइसकेको कम्पनीले यही महिनाबाट बिक्री गर्ने भएको हो।

कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो। एक अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपीओ बिक्री तथा प्रबन्धकमा प्रभु क्यापिटल छ।

प्रतिक्रिया