Pura Samachar

जसपाको बैठक बस्दै

प्रकाशित: July 27, 2021

जसपाको बैठक बस्दै

साउन १२, २०७८ काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज२ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए।

संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने सम्भावना छ।

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज२ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए। संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने सम्भावना छ।

प्रतिक्रिया