Pura Samachar

सत्तारुढ गठबन्धनले बुधबार मन्त्रालय बाँडफाँडको विषय टुंगो लगाउने

प्रकाशित: July 27, 2021

सत्तारुढ गठबन्धनले बुधबार मन्त्रालय बाँडफाँडको विषय टुंगो लगाउने

साउन १२, २०७८
काठमाडौं। सत्तारुढ गठबन्धनले बुधबार मन्त्रालय बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरेको छ। बुधबार बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीले कति र कुन कुन मन्त्रालय पाउने भन्ने सम्बन्धमा टुङ्गो लगाउने तयारी भएको हो। गठबन्धनका एक नेताले भने, “बुधवार बिहान गठबन्धनको बैठकले मन्त्रालयबारे टुङ्गो लगाउँछ। अनि को मन्त्री पठाउने भन्ने सम्बन्धमा पार्टीमा छलफल हुन्छ । बिहीबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने तयारी छ।’

प्रतिक्रिया